Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

जिप दुर्घटना हुँदा हुम्लामा दुई जनाको मृत्यु

जिप दुर्घटना हुँदा हुम्लामा दुई जनाको मृत्यु

शनिवार , आश्विन १९, २०८१

हुम्ला । बोलेरो जिप दुर्घटना हुँदा हुम्लामा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका-२० राँजा बस्ने ४९ वर्षीया विष्णु परियार र हुम्लाको चंखेली गाउँपालिका-६ का ५ वर्षीय अभिषेक बुढा रहेका छन् ।

बुढा विष्णुसँग नेपालगन्ज मामा घर दशैं मान्न जान लागेका थिए । हुम्लाको ताजाँकोट गाउँपालिका-२ पुइमामा शनिबार जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

दिउँसो कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिकाको सर्केगाड बजारबाट बाजुरातर्फ जाँदै गरेको लु १ ज ३०४३ नम्बरको जिप दुर्घटनामा परेको हो ।

जिपमा चालकसहित ७ जना सवार थिए । गियर बक्स बिग्रेपछि पाँच जना गाडीबाट झरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077