Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पर्यटनमन्त्री पाण्डे र आन्दोलनरत 'क्याबिन क्रु' बीच छलफल

पर्यटनमन्त्री पाण्डे र आन्दोलनरत 'क्याबिन क्रु' बीच छलफल

शनिवार , आश्विन १९, २०८१

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डे र नेपाल एयरलाइन्सका ‘क्रु मेम्बर’ बीच छलफल भएको छ ।

छलफलमा पर्यटनमन्त्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक मानिने हवाई सेवालाई अवरुद्ध हुने गरी कुनै पनि गतिविधि नगर्न ‘क्रु मेम्बर’लाई आग्रह गरेका हुन् ।

विमान परिचालकहरूको आन्दोलन पछि दुबई र हङकङका दुई वटा उडान रद्द भएका थिए ।

४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलन गरिरहेका क्याबिन क्रु मेम्बर हडतालमा उत्रिएपछि पर्यटनमन्त्री पाण्डेले आन्दोलनरत पक्ष र नेपाल एयरलाइन्सका प्रतिनिधिहरूलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए ।

पर्यटनमन्त्री पाण्डेसँग उक्त कुरामा विमान परिचालिका एवम् परिचालकहरूले भने आजै पुनः छलफल गरेर काममा फर्किने गरी टुङ्गोमा पुग्ने विश्वास दिलाएका थिए।

निगममा कार्यरत परिचारिका र परिचारकहरूको संस्था नेपाल वायुसेवा क्याबिन क्रु सङ्घले ४५ वर्षपछि अनिवार्य अवकाशमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी ०८० पुसमा सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077