Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

राज्यमन्त्री तामाङद्धारा पर्यटनमन्त्री पाण्डेलाई 'तोरीलाहुरे' को संज्ञा

राज्यमन्त्री तामाङद्धारा पर्यटनमन्त्री पाण्डेलाई 'तोरीलाहुरे' को संज्ञा

शनिवार , आश्विन १९, २०८१

काठमाडौं । उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले पर्यटनमन्त्री बद्री पाण्डेलाई 'तोरीलाहुरे' को संज्ञा दिएका छन् ।

मन्थली विमानस्थलमा जहाज उडाउने विषयमा एक कर्मचारीसँग कुरा गर्दै राज्यमन्त्री तामाङले पर्यटनमन्त्री पाण्डेलाई अपशब्द प्रयोग गर्दै 'तोरीलाहुरे' को संज्ञा दिएका हुन् ।

उनी पर्यटनमन्त्री पाण्डेविरुद्ध गालीगलौचमै उत्रिएको भिडियोसमेत सार्वजनिक भएको छ । कांग्रेसका सहमहामन्त्रीसमेत रहेका पर्यटनमन्त्री पाण्डेलाई ‘तोरीलाहुरे’, ‘साले’, ‘वेकुब’ जस्ता अपशब्दले गालीगलौच गरेको सार्वजनिक भिडियोमा सुन्न सकिन्छ ।

कान्छाराम पनि रामेछाप कांग्रेसका सभापति हुन् । तर आफ्नै पार्टीका सहमहामन्त्री पाण्डेलाई गालीगलौच गरेर भिडियो सामाजिक सञ्जालमा साझा गर्नुलाई स्टन्ट गर्न खोजिएको आरोप लागेको छ ।

उनले विमानस्थलमा कार्यरत एक सचिवलाई पनि थर्काएको भिडियोमा सुन्न सकिन्छ । राज्यमन्त्री तामाङ विपद्को समयमा पनि थप विमान नउडाए भन्दै मन्थली विमानस्थलका सचिवसहित पर्यटनमन्त्री पाण्डेसँग पनि जंगिएका हुन् ।

उनले भनेका छन्, 'त्यो त्यो तोरी लाउने मन्त्रीसँग पनि कुरा गरिसकेको छु । त्यो साले मन्त्री भएर काम गर्न नसके के मन्त्री बन्ने ।' सचिव पनि त्यस्तै छ क्यारे । उनी विमानस्थलका कर्मचारीसँग झण्डै चार मिनेट कुरा गरेको भिडियो सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077