Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • दाउन्नेमा राति खुलेको राजमार्ग फेरि अवरुद्ध, नयाँ ट्र्याक खोलिँदै

    दाउन्नेमा राति खुलेको राजमार्ग फेरि अवरुद्ध, नयाँ ट्र्याक खोलिँदै

    अनलाइन नेपाल
  • शनिबार, १९ असोज २०८१
  • 147
    SHARES

    नवलपरासी । पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको नवलपरासी पश्चिम खण्ड दाउन्नेमा आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध छ ।

    पहिरोका कारण बन्द भएर खुलेको केही बेरमै फेरि पहिरो जाँदा बिहानदेखि पूर्ण रूपमा यातायात बन्द भएको हो । पश्चिम नवलपरासीको बर्दघाट–४ खुर्सानी खोला नजिकै सडक भासिएपछि गाडी रोकिएका छन् ।



    जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार हिजो बेलुका सडक भासिएको थियो । त्यसपछि मर्मत गरेर मध्यरातमा केही घण्टा सडक सञ्चालन भए पनि आज बिहान फेरि सडक दुईतर्फी बन्द भएको छ ।



    राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउनेरजाने गाडी र यात्रु रोकिएका छन् । पुरानो ट्र्याकमा पहिरो झर्ने क्रम नरोकिएपछि नयाँ ट्र्याक खोल्ने काम थालिएको छ । राजमार्ग खुल्न अझै केही समय लाग्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार