Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • शुक्लाफाँटा निकुञ्जमा वयस्क पोथी हात्ती मृत फेला

    शुक्लाफाँटा निकुञ्जमा वयस्क पोथी हात्ती मृत फेला

    अनलाइन नेपाल
  • शनिबार, १९ असोज २०८१
  • 75
    SHARES

    फाइल तस्विर

    कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पडाव क्षेत्रमा वयस्क पोथी हात्ती शुक्रबार मृतावस्थामा फेला परेको छ । निकुञ्जका अनुसार प्राकृतिक कारणले हात्तीको मृत्यु भएको हो ।

    निकुञ्जको पशु चिकित्सको टोलीले मृत हात्तीको बाह्य र भित्री भागको चिरफार गरेर हेर्दा केही पनि फेला नपरेको जनाएको छ ।



    बस्तीभन्दा झन्डै तीन–चार किलोमिटरभित्र हात्ती मृतावस्थामा फेला परेपछि करेन्ट लागेर वा विषादीका कारण मरेको भन्नेबारे पशु चिकित्सकको टोलीले चेकजाँच गर्दा त्यस्तो केही पनि फेला नपारेको बताइएको छ ।



    निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको गस्ती टोलीले हात्ती मृतावस्थामा फेला पारेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार