Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • आजको मौसम : यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    आजको मौसम : यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • शनिबार, १९ असोज २०८१
  • 117
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

    जसको प्रभावले हाल कोशी, मधेस र बागमती प्रदेशको पूर्वी भूभागमा साधारण बदली बाँकी पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ ।



    अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने छ ।

    कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार