Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नारायणघाट-बुटबल सडकखण्ड फेरि अवरुद्ध

नारायणघाट-बुटबल सडकखण्ड फेरि अवरुद्ध

शुक्रवार , आश्विन १८, २०८१

नवलपुर । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटबल सडकखण्ड फेरी अवरुद्ध भएको छ ।

नवलपरासीको बर्दघाट नगरपालिका–४ मा पर्ने दाउन्नेको खुर्सानी खोलामा भासिएपछि सडक फेरि पूर्ण रुपमा अवरुद्ध भएको हो ।

यसअघि असोज १४ गते भासिएको सडक १५ गते रातभरी बन्द गरेर मर्मत गरिएको थियो ।

सडक शुक्रबार पनि सोही ठाउँमा भासिएर साँझ पौने ८ बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077