Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • नहरमा डुबेर बालकको मृत्यु

    नहरमा डुबेर बालकको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १८ असोज २०८१
  • 66
    SHARES

    फाइल तस्विर

    सर्लाही । सर्लाहीमा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जिल्लाको बसबरिया गाउँपालिका–४ गोनरवाका १२ वर्षका चन्दन भण्डारीको मृत्यु भएको हो ।

    शुक्रबार साँझ पौने ५ बजेतिर घरदेखि ५०० मिटर पर नहरको जमेको पानीमा नुहाउन गएको बेला बालक डुबेका प्रहरीले जनाएको छ ।



    माछा मारिरहेका स्थानीयले बालक डुबिरहेको देखेपछि उद्धार गरेका थिए, त्यसपछि उनलाई उपचारका लागि सर्लाहीको बरहथवामा रहेको गोल्डेन अस्पताल लगिएको थियो ।



    उपचारको क्रममा ५ बजेर १८ मिनेटमा चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार