Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नहरमा डुबेर बालकको मृत्यु

नहरमा डुबेर बालकको मृत्यु

शुक्रवार , आश्विन १८, २०८१

सर्लाही । सर्लाहीमा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जिल्लाको बसबरिया गाउँपालिका–४ गोनरवाका १२ वर्षका चन्दन भण्डारीको मृत्यु भएको हो ।

शुक्रबार साँझ पौने ५ बजेतिर घरदेखि ५०० मिटर पर नहरको जमेको पानीमा नुहाउन गएको बेला बालक डुबेका प्रहरीले जनाएको छ ।

माछा मारिरहेका स्थानीयले बालक डुबिरहेको देखेपछि उद्धार गरेका थिए, त्यसपछि उनलाई उपचारका लागि सर्लाहीको बरहथवामा रहेको गोल्डेन अस्पताल लगिएको थियो ।

उपचारको क्रममा ५ बजेर १८ मिनेटमा चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077