Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बाढीपहिरो प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

बाढीपहिरो प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

शुक्रवार , आश्विन १८, २०८१

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपदबाट बढी प्रभावित पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको छ ।

गृहमन्त्री रमेश लेखक नेतृत्वको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले उक्त निर्णय गरेको हो ।

कार्यकारी समितिले बाढी, पहिरो र डुवानबाट बढी प्रभावित विभिन्न जिल्लाका स्थानीय तहलाई विपद संकटग्रस्त घोषणा गर्न सिफारिस गरेको छ ।

समितिको बैठकले १४ जिल्लाका विभिन्न पालिकालाई विपद संकटग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस गरेको छ ।

पाँचथर, ओखलढुंगा, उदयपुर, सर्लाही, रौतहट, सिन्धुली, मकवानपुर, चितवन, ललितपर, सिन्धुपाल्चोक, धादिङ, दोलखा, रामेछाप र काभ्रे जिल्लाका स्थानीय तहलाई संकटग्रस्त घोषणा गर्न सिफारिस गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077