Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सिन्धुलीमा माइक्रो बस दुर्घटना हुँदा १५ जना घाइते

सिन्धुलीमा माइक्रो बस दुर्घटना हुँदा १५ जना घाइते

शुक्रवार , आश्विन १८, २०८१

सिन्धुली । सिन्धुली हुँदै पूर्व मोरङतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

शुक्रबार काठमाडौंबाट विराटनगर जाँदै गरेको बा ५ ख ६६१८ नम्बरको हायस दुर्घटना भएको हो ।

दुर्घटनामा परेर १५ जना घाइते भएका छन् । काठमाडौंबाट मोरङका लागि छुटेको बा ५ ख ६६१८ नम्बर हायस बस सिन्धुलीको कमलामाई नगरपालिका ८ सिस्नेरीमा दुर्घटनामा परेको थियो।

तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको सिन्धुली प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेहरूलाई सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानको घोपा पठाइएको प्रहरीले जनाएको छ।

माइक्रो बसमा १९ जना सवार छन्। उनीहरूमध्ये चारजना सकुशल छन्। उनीहरूलाई अर्को बसमा गन्तव्यतर्फ पठाइएको सिन्धुली प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077