Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

गोविन्दे हात्तीको आक्रमणबाट माउतेको मृत्यु

गोविन्दे हात्तीको आक्रमणबाट माउतेको मृत्यु

शुक्रवार , आश्विन १८, २०८१

चितवन । जंगली हात्ती गोबिन्देको आक्रमणबाट हात्ती प्रजनन केन्द्र खोरसोरका कर्मचारीको मृत्यु भएको छ।

बिहीबार साँझ ७ बजेतिर प्रजनन केन्द्रतिर गइरहेको समयमा हात्तीका पछुवा ३६ वर्षीय जद्दु सिंह थारुलाई जंगली हात्तीले लखेटेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले थारुको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

प्रजनन केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार हात्तीले थारुलाई भेटाएपछि घिसारेर हात, खुट्टा भाँचिदिएको बताए।

सर्लाहीको हरिपुर–६ घर भएका जद्दु सरकारले कतारलाई उपहार दिने भनेको हात्ती खगेन्द्रप्रसादको पछुवा हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077