Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • अनिष्टको भयले जमारा राख्दैनन् माझी समुदाय

    अनिष्टको भयले जमारा राख्दैनन् माझी समुदाय

    अनलाइन नेपाल
  • शुक्रबार, १८ असोज २०८१
  • 75
    SHARES

    बागलुङ । हिन्दूहरूको महान् पर्व बडादसैँको पहिलो दिन बिहीबार घरघरमा जमरा राखी घटस्थापना गरियो । जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङग्याउने प्रचलन छ । घटस्थापनाका दिन राखेको जमरा विजयादशमीका दिन टीकासँगै मान्यजनको हातबाट लगाउने चलन छ ।

    तर, बागलुङका सीमान्तकृत माझी समुदायले भने बर्सौंदेखि जमराबिना नै दसैँ मनाउने अनौठो परम्परालाई निरन्तरता दिएका छन् । उनीहरूले अनिष्टको भयले जमरा नराखी दसैँ मनाउँदै आएका छन् ।



    देवीलाई जौँको जमरा मन पर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छर्ने र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन रहे पनि बागलुङ नगरपालिका–१ रामरेखाका खनियाबासका माझी समुदायले भने बर्सौंदेखि जमराबिना नै दसैँ मनाउने गरेका छन् ।



    माझी समुदायले घरमा जमरा राखे दसैँ नै अशुभ हुने परम्परागत मान्यतका आधारमा जमरा नराखी दसैँ मनाउने गरेको स्थानीय कृष्ण माझीले बताए । पितापुर्खाले भनेअनुसार अनिष्ट हुने खतरा टार्नका लागि दसैँमा जमरा नराख्ने गरिएको हो ।

    करिब सयदेखि डेढ सय वर्षअघिसम्म जमरा राखे पनि पछि ठूलै अनिष्ट हुन थालेपछि जमरा राख्न छाडिएको आफूलाई बाबुबाजेले बताउँदै आएको स्थानीय कृष्णले बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार