Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • क्रसरको खाल्डोमा दाजुभाइको शव भेटियो, छानबिन गर्न स्थानीयको माग

    क्रसरको खाल्डोमा दाजुभाइको शव भेटियो, छानबिन गर्न स्थानीयको माग

    अनलाइन नेपाल
  • बिहिबार, १७ असोज २०८१
  • 1K
    SHARES

    मोरङ । मोरङमा क्रसरले बनाएको खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा केराबारी गाउँपालिका–८ का तोयानाथ चौलागाईंका छोरा ६ वर्षीय रामचरण र १० वर्षीय भूपेन रहेका छन् ।

    मोरङ प्रहरीका अनुसार केराबारी गाउँपालिका–८ मा रहेको कृष्ण क्रसरले बनाएको खाल्डोमा डुबेर बिहीबार दुई बालकको मृत्यु भएको हो ।



    रामचरणको शव साढे ३ बजे पोखरीमा फेला परेको थियो भने उनका दाजु भूपेन बेपत्ता थिए । प्रहरीले खाल्डोमा खोजी गर्ने क्रममा साँझ भूपेनको पनि शव फेला परेको थियो ।



    सुरुमा फेला परेको शवलाई प्रहरीले पोष्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।

    अर्को शव भने स्थानीयले घटनास्थलबाट निकाल्न दिएका छैनन् । उनीहरुले छानबिन गर्न माग गरिरहेका छन् । क्रसरको लापरवाहीले दुई बालकको मृत्यु भएको उनीहरुको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार