Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • बाढीपहिरो प्रभावितलाई ५० लाख सहयोग गर्ने गण्डकी सरकारको निर्णय

    बाढीपहिरो प्रभावितलाई ५० लाख सहयोग गर्ने गण्डकी सरकारको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, १७ असोज २०८१
  • 63
    SHARES

    कास्की । गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको हो ।



    गत साता परेको वर्षाले उपत्यकालगायत देशैभरका विभिन्न स्थानमा बाढीपहिरोबाट ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताको खोजी, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत बैठकले गरेको छ ।



    प्रदेश सरकारले विपद्बाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत, पुन निर्माणलगायतका कार्यमा सङ्घ सरकारसँग आवश्यक समन्वय निरन्तर गर्ने जनाएको छ ।

    यस्तै बैठकले गण्डकी प्रदेश भित्र विपद्का कारण भएको क्षतिको अध्ययन गर्न समिति गठन गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार