Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बाढीपहिरो प्रभावितलाई ५० लाख सहयोग गर्ने गण्डकी सरकारको निर्णय

बाढीपहिरो प्रभावितलाई ५० लाख सहयोग गर्ने गण्डकी सरकारको निर्णय

बिहिवार , आश्विन १७, २०८१

कास्की । गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको हो ।

गत साता परेको वर्षाले उपत्यकालगायत देशैभरका विभिन्न स्थानमा बाढीपहिरोबाट ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताको खोजी, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत बैठकले गरेको छ ।

प्रदेश सरकारले विपद्बाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत, पुन निर्माणलगायतका कार्यमा सङ्घ सरकारसँग आवश्यक समन्वय निरन्तर गर्ने जनाएको छ ।

यस्तै बैठकले गण्डकी प्रदेश भित्र विपद्का कारण भएको क्षतिको अध्ययन गर्न समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077