Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

भौतिक पूर्वाधार मन्त्रालयले भन्यो - दशैंअघि बिपी राजमार्ग सञ्चालन गर्न सकिँदैन !

भौतिक पूर्वाधार मन्त्रालयले भन्यो - दशैंअघि बिपी राजमार्ग सञ्चालन गर्न सकिँदैन !

बिहिवार , आश्विन १७, २०८१

काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले बिपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको छ।

मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गरेको भोलिपल्ट आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव शर्माले यस्तो बताएका हुन्।

यो राजमार्गको धेरै ठाउँमा तत्काल खुलाउन नसक्ने गरी क्षति पुगेका कारण तत्काल खुलाउन नसकिने उनले बताए।

सचिव शर्माले भने,'जतिसक्दो छिटो खुलाउने प्रयत्न गर्छौं। कतिपय ठाउँमा पूरै खोलै फर्काउनु पर्ने भएको छ। जसले गर्दा धेरै समय लाग्छ।'

बिपी राजमार्गको चौकीडाँडा–कालढुंगा खण्डमा मात्र १२ किलोमिटर सडक रोशी खोलाको बाढीले बगाएको छ । यो खण्डको लम्बाइ १८ किलोमिटर छ ।

त्यसमध्ये १२ किलोमिटर सडक रोशीको बाढीले बगाएको छ र त्यहाँ पहाड काटेर सडक बनाउन सक्ने अवस्था पनि छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077