Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नेपालीसहित ३३ जना आप्रवासी चढेको ट्रकमा मेक्सिको सेनाले चलायो गोली

नेपालीसहित ३३ जना आप्रवासी चढेको ट्रकमा मेक्सिको सेनाले चलायो गोली

बिहिवार , आश्विन १७, २०८१

काठमाडौं । मेक्सिको र ग्वाटेमालाको सिमानामा ६ आप्रवासी मारिएका छन्।

मेक्सिकोको चियपसस्थित हुक्स्लामा नेपालीसहित ३३ जना आप्रवासी बोकेको ट्रकमा मेक्सिकन सेनाले गोली चलाउँदा ६ जनाको मृत्यु भएको हो।

मेक्सिकोको रक्षा विभागले त्यसरी गोली चल्दा नेपाल, भारत र पाकिस्तानका समेत नागरिकहरू चढेकोमा ६ जनामारिएको सार्वजनिक गरेको छ ।

को-को मारिएको भन्नेबारे भने खुलिसकेको छैन। मारिनेहरुको पहिचान भने खुलाइएको छैन। बुधबार ३३ जना सवार ट्रक दुई जना मेक्सिकन सैनिकले गोली चलाउँदा चार जनाको घटनास्थलमै मृत्यु भएको र १२ जना घाइते भएका थिए।

घाइतेमध्ये २ जनाको पछि मृत्यु भएको थियो। अन्य १७ जना भने सुरक्षित रहेको भनिएको छ। बाँकी १० घाइतेको को-को हुन् र उनीहरूको अवस्था के छ भनेर पनि सार्वजनिक गरिएको छैन।

सेनाले ट्रकसँगै आइरहेका बाँकी दुई सवारी साधनबाट गोली चलेको आवाज सुनेकोले तत्काल जवाफ फर्काएको स्पष्टीकरणमा भनेको छ।

यद्यपि ट्रकमा हतियार भेटिएको नभेटिएको भन्नेबारेमा भने रक्षा विभागले कुनैपनि विषय सार्वजनिक गरेको छैन। अवैध बाटोबाट अमेरिका छिर्नेहरूले धेरैजसो उक्त रूट प्रयोग गर्ने गरेको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077