Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • भारतको अनुदानमा पेट्रोलियम पाइपलाइन र ग्रीनफिल्ड टर्मिनल बन्ने

    भारतको अनुदानमा पेट्रोलियम पाइपलाइन र ग्रीनफिल्ड टर्मिनल बन्ने

    अनलाइन नेपाल
  • बिहिबार, १७ असोज २०८१
  • 66
    SHARES

    काठमाडौं । नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनबीच पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता निर्माण सम्बन्धी सम्झौता भएको छ ।

    नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्ट र इण्डियन आयल कर्पोरेशनका निर्देशक सेन्थल कुमारबीच उक्त सम्झौता भएको हो।



    कार्यक्रममा बीटूबी फ्रेमवर्क एग्रिमेन्ट भारत सरकारका पेट्रोलिमय तथा नेचुरल ग्यास सचिव पंकज जैन र इन्डियन आयल कर्पोरेसनका अध्यक्ष सतिस कुमारको उपस्थिति रहेको थियो ।



    सम्झौता अनुसार भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र झापाको आरआलीमा १८ हजार ९ सय किलोमिटर क्षमताको स्मार्ग ग्रिनफिल्ड टर्मिनल भारत सरकारको अनुदानमा निर्माण हुने भएको छ ।

    त्यस्तै, अमलेखगञ्जदेखि चितवनको लोथरसम्मका ६२ किलोमिटर पाइपलाइन बन्नेछ ।

    लोचरमा निर्माण हुने स्मार्ट ग्रीनफिल्ड टर्मिनल ९१ हजार ९०० किलोलिटर क्षमताको हुनेछ । यी परियोजनाहरुको कुल लागत १५ अर्ब रुपैयाँ रहने निगमले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार