Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • बिहिबार, १७ असोज २०८१
  • 186
    SHARES

    काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ।

    बुधबार प्रतितोला आठ सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला एक सय रूपैयाँ बढेको हो।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।



    बुधबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।

    बुधबार प्रतितोला एक हजार नौ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार