Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

हनुमान ढोकास्थित दशैं घरमा राखियो जमरा

हनुमान ढोकास्थित दशैं घरमा राखियो जमरा

बिहिवार , आश्विन १७, २०८१

काठमाडौं । हनुमानढोका दरबारमा रहेको दशैं घरमा जमरा राखिएको छ।

घटस्थापनाको दिन बिहान उत्तम साइतमा दरबारको दशैंघरमा विधिपूर्वक जमरा राखिएको हो।

सो अवसरमा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाउनुका साथै हर्ष बढाइँ पनि गरेको थियो ।

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर घडा वा कलश स्थापना गरी जौ छरिन्छ । आज छरिएको जमरालाई दशमीको दिन देवीको प्रसादको रुपमा टीकासँगै ग्रहण गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077