Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • हनुमान ढोकास्थित दशैं घरमा राखियो जमरा

    हनुमान ढोकास्थित दशैं घरमा राखियो जमरा

    अनलाइन नेपाल
  • बिहिबार, १७ असोज २०८१
  • 48
    SHARES

    काठमाडौं । हनुमानढोका दरबारमा रहेको दशैं घरमा जमरा राखिएको छ।

    घटस्थापनाको दिन बिहान उत्तम साइतमा दरबारको दशैंघरमा विधिपूर्वक जमरा राखिएको हो।



    सो अवसरमा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाउनुका साथै हर्ष बढाइँ पनि गरेको थियो ।



    आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर घडा वा कलश स्थापना गरी जौ छरिन्छ । आज छरिएको जमरालाई दशमीको दिन देवीको प्रसादको रुपमा टीकासँगै ग्रहण गरिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार