Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नेपालको आर्थिक वृद्धिदर सन् २०२५ मा सुधार हुने विश्व बैंक प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर सन् २०२५ मा सुधार हुने विश्व बैंक प्रक्षेपण

बुधवार , आश्विन १६, २०८१

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष सन् २०२५मा नेपालको आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण गरेको छ ।

अघिल्लो आव सन् २०२४ मा ३.९ प्रतिशत रहेको आर्थिक वृद्धिदर यस वर्ष ५.१ प्रतिशत पुग्ने विश्व बैंकले प्रक्षेपण गरेको हो ।

विश्व बैंकले आज सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेटः अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव’ विषयक प्रतिवेदनले यस वर्ष आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको छ।

गत वर्षको तुलनामा यस वर्ष उच्च पर्यटक आगमन, जलविद्युत् र धान उत्पादनको वृद्धिले आर्थिक वृद्धिको सुधारमा टेवा दिने प्रतिवेदनमा उल्लेख छ ।

नेपालको अर्थतन्त्र आगामी आर्थिक वर्ष सन् २०२६मा भने ५.५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

केन्द्रीय बैंकको लचक मौद्रिक नीति र नियामकीय प्रावधानहरुमा गरिएको सहजीकरणका कारण नेपालको वृद्धिमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहने प्रतिवेदनले जनाएको छ ।

यो नेपाल सरकारले गरेको आर्थिक वृद्धिको प्रक्षेपण भन्दा कम र गत साता एसियाली विकास बैंक (एडीबी)ले गरेको भन्दा बढी हो ।

नेपाल सरकारले यस वर्ष ६ प्रतिशत र एडीबीले ४.९ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरेका छन् ।

केन्द्रीय बैंकको लचक मौद्रिक नीति र नियामकीय प्रावधानमा गरिएको सहजीकरणका कारण नेपालको वृद्धिमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहने विश्व बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077