Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • नेपालको आर्थिक वृद्धिदर सन् २०२५ मा सुधार हुने विश्व बैंक प्रक्षेपण

    नेपालको आर्थिक वृद्धिदर सन् २०२५ मा सुधार हुने विश्व बैंक प्रक्षेपण

    अनलाइन नेपाल
  • बुधबार, १६ असोज २०८१
  • 42
    SHARES

    काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष सन् २०२५मा नेपालको आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण गरेको छ ।

    अघिल्लो आव सन् २०२४ मा ३.९ प्रतिशत रहेको आर्थिक वृद्धिदर यस वर्ष ५.१ प्रतिशत पुग्ने विश्व बैंकले प्रक्षेपण गरेको हो ।



    विश्व बैंकले आज सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेटः अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव’ विषयक प्रतिवेदनले यस वर्ष आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको छ।



    गत वर्षको तुलनामा यस वर्ष उच्च पर्यटक आगमन, जलविद्युत् र धान उत्पादनको वृद्धिले आर्थिक वृद्धिको सुधारमा टेवा दिने प्रतिवेदनमा उल्लेख छ ।

    नेपालको अर्थतन्त्र आगामी आर्थिक वर्ष सन् २०२६मा भने ५.५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

    केन्द्रीय बैंकको लचक मौद्रिक नीति र नियामकीय प्रावधानहरुमा गरिएको सहजीकरणका कारण नेपालको वृद्धिमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहने प्रतिवेदनले जनाएको छ ।

    यो नेपाल सरकारले गरेको आर्थिक वृद्धिको प्रक्षेपण भन्दा कम र गत साता एसियाली विकास बैंक (एडीबी)ले गरेको भन्दा बढी हो ।

    नेपाल सरकारले यस वर्ष ६ प्रतिशत र एडीबीले ४.९ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरेका छन् ।

    केन्द्रीय बैंकको लचक मौद्रिक नीति र नियामकीय प्रावधानमा गरिएको सहजीकरणका कारण नेपालको वृद्धिमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहने विश्व बैंकले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार