Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • राष्ट्रिय वाणिज्य बैंकद्धारा प्रधानमन्त्रीमार्फत कोषमा दुई करोड हस्तान्तरण

    राष्ट्रिय वाणिज्य बैंकद्धारा प्रधानमन्त्रीमार्फत कोषमा दुई करोड हस्तान्तरण

    अनलाइन नेपाल
  • मंगलबार, १५ असोज २०८१
  • 120
    SHARES

    काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड हस्तान्तरण गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सो बैंकको सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाले मङ्गलबार सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।



    प्रधानमन्त्री ओलीले बैंकप्रति धन्यवाद दिँदै बाढीपहिरो र डुबानले जनता अप्ठ्यारोमा परेका बेला यस प्रकारका सहयोग र ऐक्यबद्धताले राहत मिल्ने बताए ।



    बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले संस्थागत सामाजिक उत्तारदायित्वअन्तर्गत उक्त सहयोग गरिएको अवगत गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार