Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

घर लिप्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

घर लिप्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

मंगलवार , आश्विन १५, २०८१

गुल्मी । गुल्मीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका-२ दर्लिङ्ग अडारे निवासी २७ वर्षीया माया रोका मगरको उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार सोमबार दिउँसो ३ बजेतिर आफ्नै घर लिप्ने क्रममा करेन्ट लागेर रोका घाइते भएकी थिइन् ।

घाइते भएकी रोका मगरलाई उपचारको लागि सोमबार साँझ जिल्लाको सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा ल्याइएको थियो। तर उनलाई उपचारको क्रममा राती अस्पतालले मृत घोषणा गरेको थियो।

मगर आफ्नै घरको बाहिर दलानमा लिप्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077