Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

आजदेखि तीनदिन राष्ट्रिय शोक, झन्डा आधा झुकाइने

आजदेखि तीनदिन राष्ट्रिय शोक, झन्डा आधा झुकाइने

मंगलवार , आश्विन १५, २०८१

काठमाडौं । सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै आजदेखि तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको थियो ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार राष्ट्रिय शोकको समयमा सरकारी कार्यालयहरूको झण्डा आधा झुकाइनेछ तर, सार्वजनिक बिदा भने हुने छैन ।

अविरल वर्षापछिको बाढीपहिरो र डुबानका कारण हालसम्म २१७ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार २८ जना बेपत्ता छन् भने प्राकृतिक विपद्मा १४३ जना घाइते रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077