Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

भाटभटेनीका अध्यक्ष गुरुङले गरे बाढी पीडितलाई एक करोड ११ लाख सहयोग

भाटभटेनीका अध्यक्ष गुरुङले गरे बाढी पीडितलाई एक करोड ११ लाख सहयोग

सोमवार , आश्विन १४, २०८१

काठमाडौं । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पीडितका लागि एक करोड ११ लाख ११ हजार १११ सहयोगको गरेका छन् ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् उनले सो सहयोग बाढी पीडितको उद्धार र राहतका लागि प्रदान गरेका हुन् ।

उनले पछिल्लो अविरल वर्षामा हजारौं नागरिक विस्थापित हुने अवस्था आएको भन्दै सरकारी राहत कोषमा सहयोग जम्मा गरेको बताए । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भाटभटेनीका अध्यक्ष गुरुङ दम्पतीले चेक हस्तान्तरण गरेका थिए ।

छोटो भेटमा प्रधानमन्त्री ओलीले अध्यक्ष गुरुङलाई ‘मनकारी व्यवसायी’ भनेका थिए । बिहीबारदेखि परेको अविरल वर्षापछि देशभर २०९ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ भने अझै पनि २९ जना बढी बेपत्ता छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077