Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते

नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते

सोमवार , आश्विन १४, २०८१

नुवाकोट । नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

नुवाकोटको शिवपुरीमा भएको माइक्रोबस दुर्घटनामा चालकसहित ११ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार दुर्घटनामा परी दुई जना गम्भीर घाइते रहेका छन्।

काठमाडौंबाट नुवाकोटहुँदै लमजुङ जाँदै गरेको ग १ ख ४५३५ नम्बरको माइक्रो सोमबार दिउँसो शिवपुरीको भीरबाट खसेर दुर्घटनाग्रस्त भएको थियो ।

काठमाडौं टोखा–छहरे–गंगटे सडकखण्डको बीचमा रहेको शिवपुरी गाउँपालिका-७ अदुवारवारी घुम्तीमा माइक्रोबस सडकबाट एकसय ५० मिटर तल खसेको हो।

दुर्घटनालगत्तै स्थानीयवासी तथा प्रहरीले घाइतेको उद्दार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077