Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नेपाल टेलिकमले भन्यो - बाढी पहिरोले अवरुद्ध सेवा सञ्चालनमा ल्याउने काम भइरहेको छ

नेपाल टेलिकमले भन्यो - बाढी पहिरोले अवरुद्ध सेवा सञ्चालनमा ल्याउने काम भइरहेको छ

सोमवार , आश्विन १४, २०८१

काठमाडौं । नेपाल टेलिकमले वर्षा र बाढीका कारण अवरुद्ध सेवा सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ।

विगत केही दिनदेखिको अविरल वर्षाका कारण नेपालभरिका विभिन्न स्थानमा आएको बाढी, पहिरो तथा डुबानका कारणले कतिपय स्थानमा अवरुद्ध भएका टेलिकमका सेवा सञ्चालनमा ल्याउन प्रयास थालिएको हो ।

विद्युत् आपूर्तिमा रोकावट भई टेलिकमका बीटीएस टावरहरू बन्द भएको तथा कतिपय स्थानका ट्रान्समिसन लिङ्कसमेत अवरुद्ध भएको टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकूल मौसमका बाबजुद पनि प्राविधिक परिचालन गरी सेवा पुनर्स्थापित गर्ने प्रयास भइरहेको टेलिकमले जनाएको छ ।

धेरै स्थानका टेलिफोन तथा इन्टरनेट सेवा सुचारु भइसकेको छ भने केही स्थानमा सेवा पुनर्स्थापनाको प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077