Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

खोलामा बग्दै गरेकालाई उद्धार गर्ने चणिकलाललाई बागमती प्रदेशले सम्मान गर्ने

खोलामा बग्दै गरेकालाई उद्धार गर्ने चणिकलाललाई बागमती प्रदेशले सम्मान गर्ने

सोमवार , आश्विन १४, २०८१

काठमाडौं। बागमती प्रदेश सरकारले नख्खु खोलामा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका चणिकलाल तामाङलाई सम्मान गर्ने भएको छ ।

बागमती सरकारले ललितपुर नख्खु खोलामा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका काभ्रेका तामाङलाई डेढलाख नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।

बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले तामाङको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न लागेको बताए ।

काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटारका तामाङले गत शनिबार नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी छोरी ६ वर्षीया मेघना साह र राजुका भाइ २२ वर्षीय राज साहको उद्धार गरेका थिए ।

टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए।

खोलाले बगाएर झन्डै ५ सय मिटर तल पुर्‍याएपछि तामाङले उर्लंदो भेलमा हाम फालेर दुई जनाको उद्धार गरेका थिए ।

उद्धार गरिएका दुवै जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077