Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • खोज तथा उद्धारलाई तीव्रता दिने विपद् व्यवस्थापन समितिको निर्णय

    खोज तथा उद्धारलाई तीव्रता दिने विपद् व्यवस्थापन समितिको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, १४ असोज २०८१
  • 180
    SHARES

    काठमाडौं । विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठकले खोज तथा उद्धारलाई तीव्रता दिने निर्णय गरेको छ ।

    अविरल वर्षाले भएको जनधनको क्षतिबारे छलफल गर्न बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो।



    समितिले मनसुनजन्य विपद्‍मा परेकाहरूको खोज तथा उद्धारलाई तीव्रता दिने निर्णय गरेको छ ।



    बैठक गृहमन्त्री रमेश लेखकको नेतृत्वमा सिंहदरबारमा बसेको थियो । राहत वितरणलाई पनि तीव्रता दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

    मनसुनजन्य प्रकोपका कारण बेपत्ता भएकाहरू १० दिनसम्म नभेटिएमा मृतकका परिवार समान राहत दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए ।

    अस्थायी आवास निर्माण गर्न प्रभावितहरूलाई ७ दिनभित्र अनुदान रकमको पहिलो किस्ता दिने निर्णय गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार