Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

एन्फा एकेडेमीका तीन जना विद्यार्थीको शव हेटौंडा ल्याइयो

एन्फा एकेडेमीका तीन जना विद्यार्थीको शव हेटौंडा ल्याइयो

सोमवार , आश्विन १४, २०८१

हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा)को सिस्नेरी एकेडेमीका ३ जना विद्यार्थीको शव हेटौंडा ल्याइएको छ।

सिस्नेरीस्थित टेकरमा पहिरोमा परेर सिस्नेरीस्थित बत्सला माध्यमिक विद्यालयमा प्रशिक्षण गर्दै आएका ३ जना विद्यार्थीको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा हेटौंडा -१२ का अनुपम घलान, मकवानपुरगढी गाउँपालिकाका साइमन योन्जन र बारा निजगढका विकल रेग्मी रहेका छन्।

उनीहरूको शव हेलिकप्टरबाट हेटौंडास्थित बागमती प्रदेश प्रहरी कार्यालयमा ल्याइएको थियो ।

जिल्ला खेलकुद विकास समिति मकवानपुरले श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077