Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

काभ्रे र धादिङका सिडिओ फेरिए

काभ्रे र धादिङका सिडिओ फेरिए

सोमवार , आश्विन १४, २०८१

काठमाडौं । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ ।

मन्त्रालयले आइतबार काभ्रेपलाञ्चोक र धादिङका प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेको हो ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईलाई गृह मन्त्रालयमा सरुवा गर्दै मन्त्रालयका सहसचिव उमेश ढकाललाई काभ्रेपलाञ्चोक पठाइएको छ ।

यस्तै, धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पनि गृह मन्त्रालयमा सरुवा गरेर मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई प्रमुख जिल्ला अधिकारीको रुपमा पठाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077