Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १९२ पुग्यो, ३० जना अझै बेपत्ता

    बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १९२ पुग्यो, ३० जना अझै बेपत्ता

    अनलाइन नेपाल
  • सोमबार, १४ असोज २०८१
  • 213
    SHARES

    काठमाडौं । अविरल वर्षासँगको बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १९२ को पुगेको छ । ३० जना अझै बेपत्ता रहेको गृहमन्त्रालयले जनाएको छ ।

    प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । उनका अनुसार बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित गरिएको छ ।



    हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उनले जानकारी दिए ।



    बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार