Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सिन्धुलीमा फसेका बेलायती नागरिकसहित ३९ जनालाई हेलिकोप्टरद्धारा उद्धार

सिन्धुलीमा फसेका बेलायती नागरिकसहित ३९ जनालाई हेलिकोप्टरद्धारा उद्धार

आइतवार , आश्विन १३, २०८१

सिन्धुली । सिन्धुलीमा बाढीमा फसेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

अविरल वर्षासँगै को सुनकोसी गाउँपालिका १ नेपालथोक गजुरीदहस्थित रोशी खोलामा आएको बाढी र पहिरोका कारण तीन दिनदेखि बनेपा-सिन्धुली-बर्दिवास (बिपी) राजमार्ग अवरुद्ध हुँदा बीच बाटोमा फसेका ३४ जनालाई नेपाली र पाँच जना बेलायती नगारिकलाई निजी कम्पनीको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

सिन्धुली प्रहरीका अनुसार रोशी खोलामा आएको बाढीले राजमार्ग भत्काएर क्षति गर्दा अपलपत्र विदेशी नागरिकसहित, विरामी, वृद्ध तथा बालबालिकाहरू गरी ३४ जनालाई आइतबार साँझ ६ बजे हेलिकोप्टरमार्फत धुलिखेल पठाइएको हो।

त्यस्तै निजी कम्पनीको हेलिकोप्टरमार्फत सुनकोशी गाउँपालिकाको रातामाटाबाट पाँच जना बेलायती नागरीकको उद्धार गरेर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077