Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुलाई ११ अक्टोबरसम्म उड्न दिइने

अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुलाई ११ अक्टोबरसम्म उड्न दिइने

आइतवार , आश्विन १३, २०८१

काठमाडौं । नेपाल वायु सेवा निगमले वर्षाले प्रभावित भएर अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुहरूलाई ११ अक्टोबरसम्म उडान गर्न दिने निर्णय गरेको छ ।

निगमका अनुसार, २७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म टिकट लिएका यात्रुहरूलाई ११ अक्टोबरसम्म उडान गर्दा शुल्क नलाग्ने भएको हो ।

निगमले अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुहरूलाई यथाशिघ्र निगमको कार्यालयमा सम्पर्क राख्न पनि आग्रह गरेको छ ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भाडादर घटाउन नौ बुँदे निर्देशन दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077