Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • दुई हाकिमको चरम द्वन्द्व : लघु घरेलु उद्योग प्रवर्द्धन केन्द्रको २० करोड फ्रिज

    दुई हाकिमको चरम द्वन्द्व : लघु घरेलु उद्योग प्रवर्द्धन केन्द्रको २० करोड फ्रिज

    अनलाइन नेपाल
  • आइतबार, १३ असोज २०८१
  • 60
    SHARES

    काठमाडौं । लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको काम कारबाही विगत ६ महिनादेखिनै प्रायः ठप्प अवस्थामा छ ।

    केन्द्रका तत्कालीन प्रमुख दीपक घिमिरेलाई उद्योग मन्त्रालय सरुवा गरेर त्यही कार्यरत उपसचिव विष्णु भट्टराईलाई निमित्त प्रमुखको जिम्मेवारी दिएदेखि नै केन्द्रको काम कारबाही ठप्प हुन पुगेको हो ।



    भट्टराईलाई कार्यालय प्रमुख बन्ने लालसा जागेपछि केन्द्र द्वन्द्वको भूमरीमा पर्दै आएको हो । उनले करिब ३ महिना निमित्तको जिम्मेवारी सम्हालेकी थिइन् ।



    गत आर्थिक वर्षको अन्त्यतिर केन्द्रको नेतृत्व सम्हाल्न पुगेकी भट्टराईको पालामा केन्द्रका कुनै पनि कार्यक्रमहरु हुन सकेनन् ।

    दोस्रो र तेस्रो चौमासिकमा भएका कामका भुक्तानी पनि हुन नसकेको अवस्था थियो । प्रविधि हस्तान्तरणको साढे १३ करोडको बजेट भट्टराईकै लिँडे अडानका कारण फ्रिज हुन पुग्यो ।

    करिब २० करोड रकम फ्रिज गराएर कार्यालय प्रमुखबाट भट्टराईले बिदा लिइन् । सो ठाउँमा आए–सहसचिव छविन्द्र पराजुली । भट्टराईलाई केन्द्रमै राखेर पराजुलीलाई कार्यालय प्रमुख बनाएपछि अहिले यी दुई बीचको द्वुन्द्व चरमोत्कर्षमा पुगेको छ ।

    काम नगर्ने प्रवृत्तिका पराजुली यदाकदा काम गर्न खोज्छन् त्यसमा भाँजो हाल्न अघि सरिहाल्छिन् भट्टराई । पराजुलीका कुनै पनि काम सफल हुन नदिनका लागि सम्पूर्ण शक्ति परिचालन गरेर बसेकी भट्टराईले कार्यालय प्रमुखका बारेमा मन्त्रालयमा अनेकथरि चुक्ली लाउने गरेको आरोप छ ।

    अहिले केन्द्रमा समानान्तर रुपमा भट्टराईले कार्यालय चलाएको आरोप छ । पराजुली त्यसै पनि काम गरिहाल्ने प्रवृत्तिका कर्मचारी होइनन् । विगतमा उनले कामले भन्दा पनि चाकडी गरेरै महत्वपूर्ण पद हत्याउँदै आएका छन् ।

    उनलाई नजिकबाट चिन्नेहरु भन्छन्, कलमै नचोप्ने पराजुलीलाई राज्यले भने महत्वपूर्ण जिम्मेवारी दिएर निजामती प्रशासनको मजाक उडाइरहेको छ ।

    उपसचिव हुँदा पनि महत्वपूर्ण मन्त्रालय र जिम्मेवारी सम्हालेका पराजुली सहसचिव भएपछि सबै प्रदेशतिर जाँदा उनी राष्ट्रपति कार्यालयमा खुसुक्क पदस्थापना मिलाएका थिए ।

    भोजपुर घर भएका पराजुलीले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी पनि भोजपेरकै भएको नाता जोडेर राष्ट्रपति कार्यालय मात्रै छिरेनन् ।

    केही समय प्रवक्ताको जिम्मेवारी पनि सम्हाले । त्यतिमात्रै होइन त्यही नाताले उनलाई चीनका लागि महावाणिज्यदूत पनि दिलायो । सो जिम्मेवारी पूरै समय बिताए । उनका लागि सो पद कमाउधन्दा र मोजमस्तीको माध्यम मात्रै बन्यो, राज्यलाई केही फाइदा दिलाउन सकेनन् । फर्केपछि केही समय प्रदेशतिर बिताएका उनी उद्योग विभागको महानिर्देशक हत्याउनका लागि मन्त्रालय छिरेका हुन् ।

    तर परिस्थितिले उनलाई केन्द्रको प्रमुख बनायो । अहिले सो पद उनका लागि नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाबुको अनुहार भनेजस्तै भएको छ, उपसचिव विष्णु भट्टराईका कारण ।

    शुरुमा त भट्टराई र पराजुलीको खुबै मिल्ती थियो । पराजुलीलाई जब भट्टराईले कजाउन थालिन् त्यसपति उनीहरुबीच द्वन्द्व सिर्जना हुन थाल्यो ।

    असारमा पुगेका पराजुलीले भदौमा मात्रै खाता सञ्चालन गरेका हुन् । केन्द्रमा अहिले कर्मचारीलाई तलब खुवाउन बाहेक कुनै काम गर्न सकेका छैनन् ।

    सचिव बढुवाका लागि आवश्यक पर्ने सेवाकालीन तालिमका नाममा दिनभरि बाहिरै टहलिएर अफिस बिदा हुने बेला कार्यालयमा लुसुक्क छिरेर हाजिर गरेर बाहिरिनु नै छविन्द्रको दैनिकी बनेको छ ।

    अहिलेसम्म कर्मचारीलाई कार्यविभाजनसमेत नगरेका हाकिममा पराजुली भएपछि बाँकी कर्मचारीलाई पनि केही गर्नु नपर्ने हाइसञ्चो भएको छ ।

    बजेट कार्यान्वयनका लागि धमाधम कार्यबिधि बनाउन उनको उपस्थिति अनिवार्य छ तर सुब्बा र अफिसरलाई मन्त्रालयमा कार्यविधिको छलफलमा पठाएर पराजुलीले मजाकमात्रै गरेका छैनन् मन्त्रालयको समेत मान मर्दन गर्ने काम गरेका छन् ।

    दशैं अगाडिसम्म कार्यविधि पास गरिसक्नुपर्ने समय सीमा तोकिएको छ । मन्त्रालय स्रोत भन्छ, पराजुलीको हेलचेक्य्राइँ र अनुपस्थितिका कारण कुनै पनि कार्यविधिले अन्तिम रुप लिन सकेको छैन ।

    केन्द्रका तल्लो तहका कर्मचारी दैनिक कार्यविधिमा छलफल गर्न मन्त्रालय जाने गरे पनि कार्यालय प्रमुखको उपस्थिति गराउन भने पनि कार्यान्वयन हुन नसक्दा केन्द्रका कुनै पनि काम अघि बढ्न सकेका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार