Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

वर्षा रोकिएसँगै बन्द गरियो कुलेखानी ड्यामको ढोका

वर्षा रोकिएसँगै बन्द गरियो कुलेखानी ड्यामको ढोका

आइतवार , आश्विन १३, २०८१

काठमाडौं । मकवानपुरस्थित कुलेखानी जलाशयको ढोका बन्द गरिएको छ ।

वर्षा रोकिएसँगै कुलेखानी प्रथम जलविद्युत् आयोजनाको ढोका बन्द गरिएको हो ।

जलाशयमा खतराको सतह पार गरेपछि शनिबार बिहान ढोका खोलिएको थियो ।

कुलेखानी जलाशयमा अधिकतम १५ सय ३१ मिटर सतह पुगेको थियो।

कुलेखानी पहिलो, दोस्रो र तेस्रो जलविद्युत् आयोजना अहिले पूर्णक्षमतामा सञ्चालनमा छ।

कुलेखानी पहिलो ६० मेगावाट, दोस्रो ३२ र तेस्रोबाट १४ गरी कुल १ सय ६ मेगावाट विद्युत् उत्पादन हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077