Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बाटोमै एम्बुलेन्स रोकिंदा दुई बिरामीको मृत्यु

बाटोमै एम्बुलेन्स रोकिंदा दुई बिरामीको मृत्यु

आइतवार , आश्विन १३, २०८१

सिन्धुली । एम्बुलेन्सबीच बाटोमै रोकिंदा बाटोमै दुई बिरामीको मृत्यु भएको छ ।

पहिरोका कारण सिन्धुलीको सुनकोशी गाउँपालिकास्थित टुपी डाँडा भन्ने ठाउँमा एम्बुलेन्स रोकिंदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका-४ घरभ भएकी ९४ वर्षीया टीकाकुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका-८ का ४५ वर्षीय मानबहादुर सिंजाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार उनीहरू शुक्रबारदेखि नै सिन्धुलीको सुनकोशी गाउँपालिका-१ दुम्जास्थित टुपी डाँडा भन्ने ठाउँमा एम्बुलेन्स अड्किएका थिए ।

भुजेललाई बा२१च ७५२३ नम्बरको र सिंजालीलाई ज१च १७०८ नम्बरको एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौं ल्याइँदै थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077