Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सेनाको हेलिकप्टरबाट १६१ जनाको उद्धार

सेनाको हेलिकप्टरबाट १६१ जनाको उद्धार

आइतवार , आश्विन १३, २०८१

काठमाडौं । गृह मन्त्रालयले आइतबारसम्म नेपाली सेनाको हेलिकप्टरबाट बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको १६१ जनाको उद्धार गरेको छ।

सेनाको हेलिकप्टरबाट बाढी, पहिरोको जोखिममा परेका १६१ जनाको सकुशल उद्दार गरिएको हो ।

गृह मन्त्रालयका अनुसार आइतबार बिहानदेखि काभ्रेका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।

खराब मौसमका कारण शनिबार नै हेलिकप्टर त्यहाँ पठाइए पनि उद्धार गर्न असहज भएको थियो। काभ्रेमा अहिले नेपाली सेनाका तीन वटा हेलिकप्टरले उद्धार कार्य जारी राखेको छ।

गृह मन्त्रालयको अनुरोधमा विपद्को जोखिममा रहेका नागरिकहरूको उद्धारमा सेनाले लगातार हवाइ उद्धार गरिरहेको छ।

त्यसैगरी शनिबार काठमाडौं उपत्यकामा १३, सिन्धुलीमा ३३ र मकवानपुरमा ३२ जनाको हवाइ उद्धार गरिएको थियो।

गृह मन्त्रालयले बाढी, पहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सबै संयन्त्र परिचालन गरिएको जनाएको छ।

गृह मन्त्रालयको तथ्यांक अनुसार बाढी, पहिरो र डुबानबाट १०७ जनाको मृत्यु, ६४ जना बेपत्ता र ७३ जना घाइते भएका छन्।

गृहमन्त्री रमेश लेखकले सुरक्षा संयन्त्र र सरोकारवाला निकायलाई उद्धार, राहत, घाइतेको स्वास्थ्य उपचार र अवरुद्ध सडक सञ्चालन गर्न तदारुकपताका साथ लाग्न निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077