Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • झ्याप्ले खोला पहिरोमा पुरिएका २४ जनाको शव निकालियो

    झ्याप्ले खोला पहिरोमा पुरिएका २४ जनाको शव निकालियो

    अनलाइन नेपाल
  • आइतबार, १३ असोज २०८१
  • 165
    SHARES

    काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्ले खोलामा २४ जनाको शव फेला परेको छ ।

    झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९ वटा शव निकालिएको हो ।



    सशस्त्र प्रहरी बल, नेपालका अनुसार उक्त पहिरोमा एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएका हुन्।



    चितवनबाट काठमाडौंका लागि आएको माइक्रोबस पनि आइतबार बिहान पुरिएको अवस्थामा भेटिएको छ ।

    उक्त माइक्रो बसबाट ७ जनाको शव निकालिएको सशस्त्र प्रहरीले जनाएको छ ।

    सशस्त्र प्रहरीका अनुसार चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस पहिरोमा पुरिएको थियो।

    उक्त माइक्रो बसबाट २ महिला र ५ पुरुषको शव निकालिएको छ । पहिरोमा अन्य गाडीहरू पनि पुरिएको आशंकामा खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

    त्यही पहिरोमा गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस पनि पहिरोमा पुरिएको अवस्थामा फेला परेको छ ।

    उक्त बसबाट ३ जना पुरुषको शव निकालिएको छ । त्यसैगरी बुटवलबाट काठमाडौं आइरहेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस पहिरोमा पुरिँदा १४ जनाको मृत्यु भएको छ ।

    माइक्रोबसबाट आठ पुरुष, पाँच महिला र एक बच्चाको शव निकालिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार