Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

झ्याप्ले खोलामा पुरिएको अर्को माइक्रोबस पनि भेटियो

झ्याप्ले खोलामा पुरिएको अर्को माइक्रोबस पनि भेटियो

आइतवार , आश्विन १३, २०८१

काठमाडौं । झ्याप्ले खोलामा पुरिएको अर्को माइक्रोबस पनि भेटिएको छ ।

चितवनबाट काठमाडौं आइरहेको माइक्रोबस झ्याप्ले खोलाको पहिरोमा पुरिएको थियो ।

सशस्त्र प्रहरीका अनुसार उक्त हायस चितवनबाट आउँदै गरेको बा ३ ज १३४५ नम्बरको हायस रहेको खुलेको छ।

उक्त माइक्रोबसबाट ७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

उक्त माइक्रोबसबाट २ महिला र ५ पुरुषको शव निकालिएको छ ।

पहिरोमा अन्य गाडीहरू पनि पुरिएको आशंकामा खोजी कार्य जारी रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077