Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

झ्याप्लेखोलामा पुरिएको अवस्थामा अर्को बस फेला, गोरखाबाट आएको हुनसक्ने आशंका

झ्याप्लेखोलामा पुरिएको अवस्थामा अर्को बस फेला, गोरखाबाट आएको हुनसक्ने आशंका

आइतवार , आश्विन १३, २०८१

काठमाडौं । झ्याप्लेखोलामा गएको पहिरोमा थप एउटा बस पुरिएको अवस्थामा भेटिएको छ ।

नागढुंगा प्रहरीका अनुसार काठमाडौंको नागढुंगा नजिकै उक्त खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको हो । सो बस निकाल्ने प्रयास जारी रहेको बताइएको छ ।

शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस सम्पर्कविहीन भएको दरौदी यातायात प्रालिले जनाएको छ ।

उक्त बस नै झ्याप्लेखोलामा गएको पहिरोमा परेको हुन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077