Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • झ्याप्लेखोलामा पुरिएको अवस्थामा अर्को बस फेला, गोरखाबाट आएको हुनसक्ने आशंका

    झ्याप्लेखोलामा पुरिएको अवस्थामा अर्को बस फेला, गोरखाबाट आएको हुनसक्ने आशंका

    अनलाइन नेपाल
  • आइतबार, १३ असोज २०८१
  • 156
    SHARES

    काठमाडौं । झ्याप्लेखोलामा गएको पहिरोमा थप एउटा बस पुरिएको अवस्थामा भेटिएको छ ।

    नागढुंगा प्रहरीका अनुसार काठमाडौंको नागढुंगा नजिकै उक्त खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको हो । सो बस निकाल्ने प्रयास जारी रहेको बताइएको छ ।



    शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस सम्पर्कविहीन भएको दरौदी यातायात प्रालिले जनाएको छ ।



    उक्त बस नै झ्याप्लेखोलामा गएको पहिरोमा परेको हुन सक्ने आशंका गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार