Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

झ्याप्ले खोलामा गाडीसँगै पुरिएकामध्ये ९ जनाको सनाखत [नामावलीसहित]

झ्याप्ले खोलामा गाडीसँगै पुरिएकामध्ये ९ जनाको सनाखत [नामावलीसहित]

आइतवार , आश्विन १३, २०८१

धादिङ । धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने धुनिवेँशी नगरपालिका–९ झयाप्ले खोलामा पहिरोले पुरिएका विंंगर जिपमा सवार ९ जना मृतकको पहिचान खुलेको छ ।

शुक्रवार बिहान बुटवलबाट काठमाडौं जाँदै गरेको लु १ ज ४५७८ नम्वरको विंगर जिपमा सवार १४ जना यात्रु पहिरोमा पुरिएका थिए ।

पहिरोमा शुक्रवार साँझ पुरिएको उक्त गाडी र यात्रु शनिवार साँझ मात्रै फेला परेको थियो । धादिङ प्रहरीका अनुसार उक्त घटनामा विंगर चालक रमेश लुईटेलसहित १४ जना मृत अवस्थामा फेला परेका हुन् ।

मृत्यु हुनेमा स्याङजाको गल्याङ नगरपालिका वडा नं ३ घर भई बुटवलको कालिका माविमा अध्ययनरत १५ बर्षका दिपेश र दिपिका भट्टराई तथा उनीहरुकी आमा सिता भट्टराई छन्।

उनीहरु मध्ये सिता र दिपेश भट्टराईको सनाखत भइसकेको छ भने दिपीकाको सनाखत हुन सकेको छैन। त्यसैगरी बुटवलको सेमलारका प्रकाश कुंवर र सिर्जना कुंवर, गुल्मीको चारपालाका बीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझी छन्।

नागढुंगा प्रहरी प्रभागका अनुसार अन्य मृतकहरुको पहिचान खुल्न नसकेको र उनीहरुको शव गएराती ११ बजे नै शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077