Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पहिरोमा पुरिएको बस र माइक्रो बसबाट १४ जनाको शव निकालियो

पहिरोमा पुरिएको बस र माइक्रो बसबाट १४ जनाको शव निकालियो

शनिवार , आश्विन १२, २०८१

धादिङ । धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने धुनिवेँशी नगरपालिका–९ झयाप्ले खेलामा पहिरोले पुरिएका दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ ।

काठमाडौँ प्रहरी परिसरकाका अनुसार पहिरोले पुरिएको अवस्थामा लु १ ज ४५७८ नम्बरको माइक्रो बसबाट ५ वटा र नम्बर नखुलेको अर्को बसबाट ९ जना गरी १४ जनाको शव निकालिएको हो ।

प्रहरीले अझै पनि उद्धार कार्य जारी रहेको जनाएको छ । शनिबार बिहान पहिरो जाँदा केही गाडी पुरिएका थिए ।

देशको विभिन्न भेगबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबिसे–नागढुङ्गा सडक ठाउँ ठाउँमा पहिरो गएपछि बिहीबार साँझदेखि अवरुद्ध छ। अहिले पहिरो पन्छाउने काम भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077