Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • कोसी ब्यारेजमा आवतजावत गर्न बन्द

    कोसी ब्यारेजमा आवतजावत गर्न बन्द

    अनलाइन नेपाल
  • शनिबार, १२ असोज २०८१
  • 132
    SHARES

    विराटनगर । सुनसरीस्थित कोसी ब्यारेजमा आवतजावत गर्न बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गर्दै शनिबार अपराह्न ४ बजेदेखि त्यहाँ सवारीसाधन र सर्वसाधारण हिँडडुल गर्न बन्द गराएको हो ।

    “विगत ३ दिनदेखि परिरहेको अविरल वर्षाका कारण जिल्लास्थित कोसी ब्यारेजमा पानीको सतह अत्यधिक भई खतराको संकेत समेत पार गरेको अवस्थामा सर्वसाधारणको सुरक्षाको लागि आज मिति २०८१/০६/१२ गते दिनको ४:০ बजेदेखी अर्को सूचना जारी नभएसम्मका लागि कोसी ब्यारेजको पुलबाट मानिस तथा सवारीसाधहरूको आवतजावत बन्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा उल्लेख छ ।



    अत्यावश्यक कामका निम्ति वैकल्पिक मार्गको प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ । सप्तकोशी आसपासका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरि जनताको ज्युधनको सुरक्षा गर्न टोली परिचालन गरिएको बताइएको छ ।



    यस्तै सप्तकोशी नदीमा ५६ वर्षयताकै पानीको बहाब उच्च रहेको छ । सन् १९६८ मा सप्तकोशी नदीमा पानीको बहाब प्रतिसेकेन्ड ७ लाख ७७ हजार २ सय क्युसेक पुगेको थियो । शनिबर ५६ वर्षपछि बहाब प्रतिसेकेन्ड ५ लाख ५७ हजार ३० क्युसेक मापन गरिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार