Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रशासकीय अधिकृतको हाजिर नहुँदै सरुवा, फेरि निमित्तकै भरमा चौरपाटी !

प्रशासकीय अधिकृतको हाजिर नहुँदै सरुवा, फेरि निमित्तकै भरमा चौरपाटी !

शनिवार , आश्विन १२, २०८१

अछाम । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अछामको चौरपाटी गाउँपालिकामा खटाएका नयाँ हाकिमको हाजिर नहुँदै सरुवा भएको छ ।

मन्त्रालयले भदौ २६ गते चौरपाटी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा विभाकर मिश्रलाई सरुवा गरेको थियो । तर मिश्रको पालिकामा हाजिर नहुँदै सरुवा गरिएको स्रोतले बतायो ।

स्रोतका अनुसार शाखा अधिकृत मिश्र काठमाडौंकै एक मन्त्रालयमा सरुवा भएका हुन् । मिश्रलाई पालिकामा हाजिर हुन नदिन एक समूह नै सक्रिय रुपमा लागेको आरोप छ ।

स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृतका रुपमा पठाइएका मिश्रलाई पालिकामा काम गर्न गाह्रो छ, यहाँ नआउन एक समूहले नै भनेको आरोप छ । मिश्र आफैँले चौरपाटी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गर्न चाहेका थिए । तर चर्को दबाबपछि मिश्रपछि हटेको बताइएको छ ।

तर यता गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँदले नयाँ पठाइएका हाकिमसँग आफ्नो सम्पर्क नै नभएको दाबी गरेका छन् । यहाँ लामो समय सम्म प्रमुख प्रशासकीय अधिकृत नहुँदा महत्त्वपूर्ण कामकाज प्रभावित हुँदै आएका छन् ।

अब पनि पालिका निमित्तकै भरमा चल्ने भएको छ । यहाँ लामो समयदेखि निमित्तको रुपमा धन बहादुर थापा काम गर्दै आएका छन् । उनीमाथि विभिन्न आरोप लाग्दै आएका छन् ।

बेलाबेलामा उनी बिवादमा समेत तानिने गरेका छन् । यसअघि पनि गत वर्ष सरुवा भएर आएका हाकिमको एक महिनामै सरुवा गरिएको थियो । यसपटक पनि त्यस्तै चलखेल भएको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077