Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • प्रशासकीय अधिकृतको हाजिर नहुँदै सरुवा, फेरि निमित्तकै भरमा चौरपाटी !

    प्रशासकीय अधिकृतको हाजिर नहुँदै सरुवा, फेरि निमित्तकै भरमा चौरपाटी !

    अनलाइन नेपाल
  • शनिबार, १२ असोज २०८१
  • 1.2K
    SHARES

    अछाम । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अछामको चौरपाटी गाउँपालिकामा खटाएका नयाँ हाकिमको हाजिर नहुँदै सरुवा भएको छ ।

    मन्त्रालयले भदौ २६ गते चौरपाटी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा विभाकर मिश्रलाई सरुवा गरेको थियो । तर मिश्रको पालिकामा हाजिर नहुँदै सरुवा गरिएको स्रोतले बतायो ।



    स्रोतका अनुसार शाखा अधिकृत मिश्र काठमाडौंकै एक मन्त्रालयमा सरुवा भएका हुन् । मिश्रलाई पालिकामा हाजिर हुन नदिन एक समूह नै सक्रिय रुपमा लागेको आरोप छ ।



    स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृतका रुपमा पठाइएका मिश्रलाई पालिकामा काम गर्न गाह्रो छ, यहाँ नआउन एक समूहले नै भनेको आरोप छ । मिश्र आफैँले चौरपाटी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गर्न चाहेका थिए । तर चर्को दबाबपछि मिश्रपछि हटेको बताइएको छ ।

    तर यता गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँदले नयाँ पठाइएका हाकिमसँग आफ्नो सम्पर्क नै नभएको दाबी गरेका छन् । यहाँ लामो समय सम्म प्रमुख प्रशासकीय अधिकृत नहुँदा महत्त्वपूर्ण कामकाज प्रभावित हुँदै आएका छन् ।

    अब पनि पालिका निमित्तकै भरमा चल्ने भएको छ । यहाँ लामो समयदेखि निमित्तको रुपमा धन बहादुर थापा काम गर्दै आएका छन् । उनीमाथि विभिन्न आरोप लाग्दै आएका छन् ।

    बेलाबेलामा उनी बिवादमा समेत तानिने गरेका छन् । यसअघि पनि गत वर्ष सरुवा भएर आएका हाकिमको एक महिनामै सरुवा गरिएको थियो । यसपटक पनि त्यस्तै चलखेल भएको हुनसक्ने आशंका गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार