Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • खोज तथा उद्धारका लागि गृह मन्त्रालयले पठायो तीन जिल्लामा हेलिकप्टर

    खोज तथा उद्धारका लागि गृह मन्त्रालयले पठायो तीन जिल्लामा हेलिकप्टर

    अनलाइन नेपाल
  • शनिबार, १२ असोज २०८१
  • 81
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले प्राकृतिक विपद्बाट प्रभावित तीन जिल्लामा नागरिकको खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाएको छ ।

    शनिबार दिउँसोपछि मौसम समान्य बन्दै गएपछि बाढी, पहिरो र डुबान पीडितको उद्धारका लागि सेनाको हेलिकप्टर काभ्रेपलाञ्चोक, मकवानपुर र सिन्धुली पाइएको हो ।



    विपद्बाट हुने क्षति न्यूनीकरण, नागरिकको जिउधनको रक्षा र विप्दमा परेकाहरूको खोज तथा उद्धारमा २० हजार भन्दा बढी सुरक्षाकर्मी खटिएको गृह मन्त्रालयले जनाएको छ ।



    गृहमन्त्री रमेश लेखकले उद्दार, राहत तथा घाइतेको स्वास्थ्य र अवरुद्ध सडक सुचारु गर्न सरकार लागि परेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार