Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • काठमाडौं उपत्यकामा बाढी : साढे सात सय जनाको सकुशल उद्धार

    काठमाडौं उपत्यकामा बाढी : साढे सात सय जनाको सकुशल उद्धार

    अनलाइन नेपाल
  • शनिबार, १२ असोज २०८१
  • 33
    SHARES

    तस्बिर नेपाल प्रहरी

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरूको उद्धारमा सरकार गम्भीर भएर लागिपरेको बताएका छन् ।

    सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमान्ड पोस्ट’को बैठकपछि बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।



    उनले निरन्तरको वर्षाका कारण आएको बाढी र पहिरो लगायतका प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरूको उद्धार, राहत तथा घाइतेहरूको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको बताए ।



    गृहमन्त्री लेखकले वर्षा, बाढी, पहिरो र डुबानबाट काठमाडौँ उपत्यकामा मात्रै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धार टोलीले साढे सात सयभन्दा बढी नागरिकको सकुशल उद्धार गरेको बताए ।

    गृहमन्त्री लेखकले भने,‘दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाट समेत उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । मुलुकमा ठुलो विपद्को स्थिति आएको छ।’

    उनले बैठकले मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको सूचना सङ्कलन गर्ने, उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको बताए ।

    उद्धार, राहत लगायतका विषयमा सरकार सक्रिय भएर अघि बढिसकेको गृहमन्त्री लेखकले बताए । वर्षाका कारण काठमाडौँ भित्रने सडकहरू अवरुद्ध भएको र तत्काल खुलाउन पहल गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिए ।

    विपदबाट हुने क्षति न्यूनीकरणका लागि सबै सुरक्षा संयन्त्र परिचालन गरिएको गृहमन्त्री लेखकको भनाई छ । अवस्था सामान्य हुँदै गएपछि विस्थापितलाई पुनर्स्थापनाका लागि सरकारले पहल गर्ने मन्त्री लेखकको भनाई छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार