Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पहिरोमा पुरिँदा गर्भवती महिलासहित तीन जनाको मृत्यु

पहिरोमा पुरिँदा गर्भवती महिलासहित तीन जनाको मृत्यु

शनिवार , आश्विन १२, २०८१

भक्तपुर । पहिरोमा पुरिँदा गर्भवती महिलासहित तीन जनाको मृत्यु भएको छ।

सूर्यविनायक नगरपालिका-९ पलाँसेमा रहेको एक टहरामा पहिरो खस्दा तीन जनाको मृत्यु भएको हो।

कालिकोट घर भई सोही टहरामा बस्दै आएकी २४ वर्षीया दमिला शाही, उनकी ४ वर्षीया प्रिया बम र १४ वर्षीया साली मनिषा शाहीको मृत्यु भएको सशस्त्र प्रहरी बलले जनाएको छ।

दमिला गर्भवती समेत रहेको प्रहरीले जनाएको छ। पहिरो खसेपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गण गुहेश्वरी भक्तपुर मातहतबाट खटिएको टोलीले तीन जनाको शव निकालेको हो।

शव पोष्टमर्टमको लागि लैजान तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077