Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकबीच टेलिफोन वार्ता

प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकबीच टेलिफोन वार्ता

शनिवार , आश्विन १२, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकबीच टेलिफोनमा कुराकानी भएको छ।

अविरल वर्षाका कारण विभिन्न ठाउँमा बाढी पहिरोले क्षति पुर्‍याएपछि अमेरिकामा रहेका प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकसँग फोनमा कुराकानी गरेका हुन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्,‘आज पनि देशैभर अविरल बर्षा भइरहेको छ। बाढी, पहिरोले जनधनमा क्षति भएका खबर आइरहेका छन्।अघि भर्खरै गृहमन्त्री रमेश लेखकजीसँग टेलिफोनका कुरा गरेर यस सम्बन्धी सबै विवरण लिएको छु।’

त्यस्तै, उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विपद् उद्धार टोलीलाई पूर्ण क्षमतामा खटाइएको उनले बताए।

सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले पनि जिम्मेवारी पूर्वक उद्धारको काम अघि बढाउन उनले निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077