Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

मकवानपुरमा एन्फाको क्याम्पबाट ६ खेलाडी बेपत्ता

मकवानपुरमा एन्फाको क्याम्पबाट ६ खेलाडी बेपत्ता

शनिवार , आश्विन १२, २०८१

मकवानपुर । अखिल नेपाल फुटबल संघ (एन्फा)को क्याम्पमा बसेका ६ खेलाडी बेपत्ता भएका छन् ।

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ मा राखेको यूथ–१४ क्याम्पका ६ जना खेलाडी सम्पर्कबिहीन भएका हुन्।

एन्फाकाअनुसार स्थानीय वत्सला माविमा होस्टलसहित आवासीय व्यवस्था गरी दैनिक प्रशिक्षणमा राखिएका ३७ जना खेलाडीमध्ये ६ जना सम्पर्कबिहीन भएका छन् ।

आज बिहान करिब ६ बजेको समयमा अविरल वर्षासँगै सुरक्षित स्थानमा खेलाडीलाई सार्न खोज्दा उनीहरु पहिरोमा पुरिएको आशंका छ ।

बेपत्ता विद्यार्थीहरुमा अनुप घलान मकवानपुर, आदित्य वलम्पाकी सर्लाही, रियान्स आचार्य, काठमाडौं, सुमन योन्जन मकवानपुर, विकल रेग्मी, निजगढ, दिवस बानियाँ मकवानपुर रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077