Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

त्रिभुवन विश्वविद्यालयको कृषि विज्ञान प्रवेश परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयको कृषि विज्ञान प्रवेश परीक्षा स्थगित

शनिवार , आश्विन १२, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कृषि र पशु चिकित्सा विज्ञानको प्रवेश परीक्षा स्थगित गरेको छ ।

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा डुबान भएपछि त्रिविले प्रवेश परीक्षा स्थगित गरेको हो ।

वर्षाका कारण ठाउँ ठाउँमा डुबान भएपछि विद्यार्थीलाई आउन असहज हुने हुँदा शनिबार हुन लागेको परीक्षा स्थगित गरिएको कृषि, पशु विज्ञान अध्ययन संस्थानले जनाएको छ ।

रोकिएको परीक्षा कहिले सञ्चालन गर्ने भन्नेबारे निर्णय गर्न बैठक बसिरहेको छ । कृषि विज्ञानको प्रवेश परीक्षा नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077